चिसो बढ्दा यात्रुलाई आवतजावत गर्न कठिन

काठमाडाैं | पुस २०, २०७९

चिसो बढ्दा यात्रुलाई आवतजावत गर्न कठिन

कालीकोट:  पुस २० गते । कालीकोटमा चिसो निकै वढेको छ । चिसोका कारण केही स्थानीय तहका बिद्यालय समेत बन्द भएका छन् । आउजाउ गर्न समेत कठिन भइरहेको छ । रास्कोट नगरपालिका –८ का सुना सुवेदी घरबाट सदरमुकाम मान्म आउँदा पाँचदेखि सात ठाउँसम्म आगोको साहरा लिनुपरेको बताउनुभयो । 


दिनमा घाम लागेको छ, तर हावा पनि उतिकै चलेकाले चिसो हुँदा गाडी रोकेर यात्रुले आगो ताप्ने गरेको उहाँले सुनाउनुभयो । चिसोका कारणले जिल्लाका तिलागुफा नगरपालिका भित्रका सबै बिद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका छन् । कोरोना पछि जिल्लाभरी एक शैक्षिकसत्र अर्थात वर्षातको समयमा मात्र बिदा गर्ने पालिकाहरुले निर्णय गरे पनि चिसोका कारणले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ । 


नगरपालिका शिक्षा शाखामा कार्यरत बिद्यालय निरिक्षक नविन हमालले जुम्लासँग सीमा जोडिएको र यो समयमा बग्ने पानी समेत जम्न थालेपछि बिद्यालय बन्द गर्नुको बिकल्प नभएको बताउनुभयो । 


कालीकोटमा तापक्रम माइनस ५ रहेको छ । अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सचेत हुन सार्वजनिक सूचना गरेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चिसो देशभरी बढिरहेकाले सूचनाअनुसार जिल्लामा पनि सचेत हुन सूचना जारी गरिएको बताउनुभयो । 


पुस महिना जान लाग्दा समेत पानी नपरेकाले झन चिसो बढेको स्थानीयको भनाइ छ । खाँडाचक्र नगरपालिका वडा ३ का भक्ती पाण्डेले पानी मात्र होइन हिमपात भएर मौसम सफा हुने बितिकै तातो हुने बताउनुभयो । उहाँले पानी नपर्दा हुस्सु लाग्ने र हावा पनि उस्तै चल्ने भएकाले अनुमानभन्दा वढी चिसो हुनेगरेको सुनाउनुभयो । गोरखापत्र अनलाइन

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्